अखिलका केन्द्रिय नेता शाहीको दुर्घटनामा मृत्यु

अखिलका केन्द्रिय नेता शाहीको दुर्घटनामा मृत्यु


बाँकेको राप्तीसोनारी गाउँपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा घाइते हुन पुगेका अनेरास्ववियुका केन्द्रिय सदस्य पदमबहादुर शाहीको मृत्यु भएको छ । कनकासुन्दरी गाउँपालिका–५ जुम्लाका शाही आफैले हाँकेको मोटरसाइकल बिहीबार राति दुर्घटनामा परेको थियो । उनको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरीका अनुसार विद्यार्थी नेता शाहीले चलाएको बा ५८ प २१८६ नं को मोटरसाइकल बिहीबार राति बा १९ च १२१४ नं को कारसँग बाँकेको राप्ती सोनारी गाउँपालिका–२ शम्शेरगञ्ज नजिक एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार शाहीसहित दुईजना घाइते भएका थिए । मोटरसाइकलको पछाडी सवार नवीना शाहीको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।