ग्लोबल आइएमईको थप १० शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

ग्लोबल आइएमईको थप १० शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा


ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लामा थप १० वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

बाग्लुङ जिल्लाका ताराखोला गाउँपालिका वडा नं. २, अर्गल, नवलपुर जिल्लाको गैडाकोट नगरपालिका वडा नं. ३, ढोडेनी, बैतडी जिल्लाको पुर्चाैडी नगरपालिका वडा नं. ५, कुवाकोट, बाग्लुङ जिल्लाको जैमीनी नगरपालिका वडा नं. ८, अर्के छिस्ती, म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका वडा नं. १, बेगखोला, मकवानपुर जिल्लाको बागमती गाउँपालिका वडा नं. ६, फापरबारी र रोल्पा जिल्लाको रोल्पा नगरपालिका वडा नं. ३, सातदोबाटो, लुुंग्री गाउँपालिका वडा नंं. ३, जुटुङ खोला, गंगादेव गाउँपालिका वडा नं. १, ओत र परिवर्तन गाउँपालिका वडा नं. ६, नाफेमा शाखारहित बैंकिङ सेवाको शुरुवात गरेको सो बैंकले जनाएको छ ।

स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा स्थानीयवासीको रोहवरमा उदघाटन भएका थप १० वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएपछि हाल उक्त बैंकको शाखारहित बैंकिङ सेवाको संख्या १९४ पुगेको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्पmत बैंकिङ सेवा लिन सक्ने छन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, DISH HOME/CDMA/UTL/NTC को महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ती स्थानहरूमा शाखारहित बैंकिङ सेवा शुरु गरेको बताइएको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुऱ्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले १४९ वटा शाखा, ३० वटा एक्सटेन्सन एवम् राजश्व संकलन काउण्टर, १५० एटिएम तथा १९४ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्फत आफ्ना ११ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै ग्लोबल आईएमई बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइवर बैंकिङ सेवा, मोबाइल बैंकिंङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा १५ लाखसम्मको बिना धितो प्रोफेशनल कर्जा पनि प्रदान गर्दै आइरहेको छ । साथै अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्पर्क कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आएको छ । यस्तै, मलेसिया, दक्षिण कोरिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, जोर्डन, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स भिऱ्याउँदै आएको सो बैंकको दाबी छ ।