नेकपाका केन्द्रिय सदस्यसहित १६ कार्यकर्ता पक्राउ

नेकपाका केन्द्रिय सदस्यसहित १६ कार्यकर्ता पक्राउ


नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सदस्यसहित १६ कार्यकर्ता बाजुरामा पक्राउ परेका छन् । गाउँमा चन्दा सङ्कलन तथा सङ्गठन विस्तार गरिरहेको आधारमा गौमुल गाउँपालिका–३ माझपालीबाट शुक्रबार दिउँसो इलाका प्रहरी कार्यालय घटमुनाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक उद्धवसिं भाटले जनाएअनुसार पक्राउ पर्नेमा रोल्पा गङ्गादेव गाउँपालिका–३ जिनावाङका समूहका केन्द्रीय सदस्य चुडामणि ओलीसहित १६ जना रहेका छन् । पक्राउ परेकाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।