सरकारसँग राष्ट्रप्रेमको अडान छ : बाँस्कोटा

सरकारसँग राष्ट्रप्रेमको अडान छ : बाँस्कोटा


सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लिपुलेक र कालापानीमा रहेको सीमाका विषयमा सरकार अलमलिन्छ कि भन्ने नसोच्न आग्रह गरेका छन् ।

देशका उत्कृष्ट सय गन्तव्यको सूचीमा सूचीकृत स्याङ्जाको कालीगण्डकी गाउँपालिका– ३ लसर्घामा अवस्थित प्रसिद्ध आलमदेवी मन्दिरअंकित हुलाक टिकटको शुक्रबार अनावरण गर्दै मन्त्री बाँस्कोटाले सीमाका विषयमा सरकारको तर्फबाट स्पष्ट दृष्टिकोण आइसकेको बताए ।

‘सरकार चुपचाप बसेको कुरा उठाउनै नसकेर होइन, हामीलाई राम्ररी थाहा छ सरकारको तर्फबाट स्पष्ट दृष्टिकोण अगाडि सारिसकेका छौँ,’ सरकारका प्रवक्तासमेत रहेका बाँस्कोटाले भने, ‘विवादलाई कूटनीतिक र राजनीतिक माध्यमबाट छलफलमार्फत टुंगोमा पु¥याउनेछौँ ।’

‘सरकारसँग राष्ट्रप्रेमको अडान छ, त्यसैले पनि तपाईंहरू ढुक्क हुनुहोस् सरकार अलमलिँदैन,’ प्रवक्ता बाँस्कोटाको भनाइ थियो । ‘सरकारले आशा जगाउँदै गएको छ हामीलाई थाहा छ निराशाको खेती गरेका छैनौँ,’ प्रवक्ता बाँस्कोटाले भने, ‘सरकारलाई पाँच वर्षसम्म पर्खिनुको विकल्प छैन, विश्वास गर्नुहोस् मुलुकले काँचुली फेरेर छाड्नेछ ।’
rss