जात्रा हेर्न गएका वडा सदस्य मृत फेला

जात्रा हेर्न गएका वडा सदस्य मृत फेला


बैतडीको पुर्चौडी नगरपालिका– ३ का ४५ वर्षीय वडा सदस्य गणेश पार्की मृत अवस्थामा शुक्रबार भेटिएका छन् । पुर्चौडी नगरपालिका–१ स्थित राताशीला मन्दिरनजिक सदस्य पार्कीको शव शुक्रबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

बिहीबार राति स्थानीय राताशीला मन्दिरमा जात्रा हेर्न भनी घरबाट निस्किएका पार्कीको मृत्युको कारण तत्काल केही थाहा हुन नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।