काठमाडौं महानगरपालिकामा नयाँ विद्यालय खोल्न रोक

काठमाडौं महानगरपालिकामा नयाँ विद्यालय खोल्न रोक


काठमाडौं महानगरपालिकाले महानगरभित्र नयाँ विद्यालय सञ्चालनमा रोक लगाउने भएको छ ।

महानगरमा संस्थागत विद्यालयको संख्या बढ्दै गएसँगै महानगरपालिकाले सो निर्णय गरेको हो ।

विद्यालय सञ्चालनको अनुमति र अपग्रेड गर्न सम्बन्धित निकायसँग स्वीकृति लिनुपर्नेमा सो नलिई विद्यार्थी भर्ना गर्न विज्ञापन गर्ने गरिएकोले त्यसको अन्त्य गर्न भन्दै महानगरले सो निर्णय गरेको बताइएको छ ।

काठमाडौंमा अहिले ९३ वटा सामुदायिक विद्यालय र ६ सय ४२ वटा संस्थागत गरी ७ सय ३५ वटा विद्यालय सञ्चालनमा रहेका छन् ।