नेवि संघको मसाल जुलुसमा प्रहरीको हस्तक्षेप

नेवि संघको मसाल जुलुसमा प्रहरीको हस्तक्षेप


■ पुनहरि बेलबासे, भैरहवा

सीमामा विवादास्पद व्यवहार र नेपाल सरकारको मौनताको विरुद्धमा नेपाल विद्यार्थी संघ सिद्धार्थनगर समितिले बिहीबार साँझ भैरहवामा निकालेको मसाल जुलुसमा नेपाल प्रहरीले हस्तक्षेप गरेको छ ।

भारतले हालै प्रकाशित गरेको आफ्नो राजनैतिक नक्सामा लिपुलेक र कालापानीलाई आफ्नो सीमाभित्र पारेपछि अहिले देशव्यापी रुपमा चर्को आलोचना भइरहेको बेला भैरहवाको बुद्धचोकमा नेवि संघले निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको हो । नेविसंघले मसाल जुलुस निकाल्दै भारतीय हस्तक्षेपका साथै नेपाल सरकारका प्रधानमन्त्रीको विरोधमा नारा लगाएको थियो ।

मसाल जुलुस निकाल्दासम्म शान्त रहेको प्रहरीले लिपुलेक र कालापानी हाम्रो हो भन्दै नारा लगाउन थालेपछि हस्तक्षेप गरेको नेविसंघका निवर्तमान केन्द्रिय सदस्य लेखनाथ भट्टराईले बताए । कठौतिया गाउँबाट मसाल जुलुस निकालेर भैरहवाको बुद्धचोकमा आएर कोणसभा गर्न लागेका बेला हस्तक्षेप भएको भट्टराईको भनाई छ ।