काठमाडौंदेखि जनकपुरसम्म दौडँदै रामसुन्दर

काठमाडौंदेखि जनकपुरसम्म दौडँदै रामसुन्दर


लामो दूरीका धावक रामसुन्दर कार्की लतिलपुरदेखि जनकपुरको रामजानकी मन्दिरसम्म दौडने भएका छन् ।

कार्कीले मंसिर १२ गते गोदावरी नगरपालिका वडा नम्बर १ स्थित गोदामचौरमा आफ्नै लगानीमा निर्माण गरेको हनुमान मन्दिर हाताबाट दौड सुरु गर्ने छन् । कार्की पनि गोदामचौरनिवासी हुन् । चारदिनमा दौड पूरा गर्ने कार्कीले जानकारी गराए । दौडबाट संकलन हुने रकम सामाजिक कार्यका लागि प्रदान गर्ने कार्कीले बताए ।

यसअघि कार्की दौडेर ७५ जिल्ला पुगिसकेका छन् । काठमाडौं–लुम्बिनी ६ पटक, काठमाडौं–सिन्धुली ३ पटक, काठमाडौं–दोलखा ३ पटक दौड पुरा गरेका कार्कीले काठमाडौंदेखि भारतको विभिन्न स्थान र काठमाडौंदेखि भुटानसम्म पनि दौडेका छन् ।

कार्कीले एभरेष्ट म्याराथन, अन्नपूर्ण म्याराथन, अन्नपूर्ण ट्रेल रेस (१०० किमि) लगायत विभिन्न प्रतियोगितामा पनि सहभागिता जनाएका छन् । मुख्य प्रायोजनाका लागि रुसलान एफएमसंग कुरा भइरहेको कार्कीले जानकारी दिए ।