अध्ययनका लागि अस्ट्रेलिया आउने विद्यार्थीका लागि आयो नयाँ नीति

अध्ययनका लागि अस्ट्रेलिया आउने विद्यार्थीका लागि आयो नयाँ नीति


■ राजन घिमिरे, सिड्नी (अष्ट्रेलिया)

अष्ट्रेलियाका आकर्षक सहरमा रहेर अध्ययन गर्न चाहने विद्यार्थीहरूको दाँजोमा दुर्गम क्षेत्रमा गएर अध्ययन गर्न चाहने विद्यार्थीलाई अष्ट्रेलियन सरकारले बढी सुविधा र अवसर दिने निती अगाडि सारेको छ । नयाँ नितीअनुसार अब अस्ट्रेलियाका दुई ठूला सहर पर्थ र गोल्डकोस्टसमेत दुर्गम क्षेत्रमा समेटिएको छ । यो निती एक सातापछि लागू हुने जानकारी दिइएको छ ।

नयाँ नितिमा दुर्गममा अध्ययन गर्ने विद्यार्थीलाई अध्ययन सकेपछि दिइने ‘वर्क भिसा’मा थप सुविधा दिइने उल्लेख गरिएको छ ।

अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनको कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पर्थ र गोल्ड कोस्टका लागि मात्र २५ हजार भिसा संख्या छुट्टयाइएको छ ।

यदि विद्यार्थी दुर्गम शहरमा बसेर अध्ययन गर्न चाहन्छ भने अध्ययनपछि उक्त विद्यार्थीलाई तीन वर्ष काम गर्न पाउने भिसा सरकारले दिने भएको छ ।