पूर्व बक्सिङ खेलाडी भण्डारी सम्मानित

पूर्व बक्सिङ खेलाडी भण्डारी सम्मानित


पूर्व बक्सिङ खेलाडी तथा समाजसेवी सिद्धार्थविक्रम भण्डारी सम्मानित भएका छन् । दि एभरेष्ट होेटल नयाँ बानेश्वरमा सोमबार आयोजित कार्यक्रममा भण्डारीलाई बक्सिङ परिवार नेपालले सम्मानित गरेको हो ।

नेपालको बक्सिङ खेलको विकास र विस्तारमा विशेष योगदान दिएवाफत भण्डारीलाई सम्मान गरिएको बक्सिङ परिवार नेपालका प्रमुख पदाधिकारीद्वय राजीव श्रेष्ठ र दीपक गुरुङले बताए ।

विगत १३ वर्षदेखि बेलायतमा बस्दै आएका भण्डारीले विभिन्न समयमा विभिन्न क्षेत्रमा दुःख र कठिनाइमा परेका नेपालीहरुलाई सहयोग गर्दै आएका छन् । भण्डारीले २०७२ सालमा नेपालमा गएको महाविनासकारी भूकम्प परेका नेपालीहरुका लागि २५ लाखको सहयोग गरेका थिए ।

सम्मान कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा नेपाल फेन्सिङ संघका अध्यक्ष सुनिल श्रेष्ठ, राखेपका सदस्य तथा बक्सिङ संघका उपाध्यक्ष अर्जुन केसी, पूर्व बक्सिङ संघका अध्यक्ष उमेश मास्के, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र पूर्व बक्सिङ संघका अध्यक्ष राजीव श्रेष्ठको उपस्थिति थियो ।

सो सम्मान कार्यक्रममा बक्सिङ संघका पूर्व महासचिव दीपक गुरुङले बक्सिङ खेलाडीको सहयोगका लागि २ लाखको अक्षयकोष खडा गर्न गैरहेको जानकारी गराएका थिए । गुरुङको अक्षयकोषको घोषणा गरेसंगै सम्मानित भण्डारीले पनि उक्त कोषका लागि १ लाख दिने घोषणा गरेका थिए ।