अनिताले रचिन् फेन्सिङमा कीर्तिमान

अनिताले रचिन् फेन्सिङमा कीर्तिमान


थाइल्याण्डको बैङ्ककमा सञ्चालन भैरहको २८औँ सीयू ओपन फेन्सिङ च्याम्पियनसीप–२०१९ मा नेपाली महिला खेलाडी अनिता कार्कीले काश्य पदक जित्न सफल भएकी छिन् । अनिताले व्यक्तिगत महिलातर्फको इपीतर्फ काश्य पदक जितेकी हुन् ।

कुनै पनि फेन्सिङको खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेको यो पहिलो अवसर हो । अनिता अन्तर्राष्ट्रिय च्याम्पियनसीपमा पदक जित्ने पहिलो खेलाडी बनेकी छिन् । अनिताको सफलतासँगै नेपालले फेन्सिङमा इतिहास बनाएको संघकी पदाधिकारी हेल्गा राणा रायमाझीले बताइन् । नेपाल फेन्सिङ संघको लागि यो गर्वको विषय भन्दै रायमाझीले अन्य खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिइन् ।

फेन्सिङ टोली यतिबेला १३औँ एसियाली खेलकुद प्रतियोगिताको वैदेशिक प्रशिक्षणमा लागि थाइल्यान्डमा रहेको छ ।