नेपाल क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल

नेपाल क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल


नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई सुम्पिएको छ । पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै नेपाल क्रिकेट संघ (क्यान)ले मल्ललाई नयाँ कप्तान छनोट गरेको हो ।

कप्तान पारसले क्रिकेट संघ निलम्बन भएको भोलिपल्टै राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी छाड्ने बताएका थिए । पारसले इमेलमार्फत क्रिकेट संघमा आफ्नो राजीनामा बुझाएका थिए ।

उनलाई कप्तानीको जिम्मेवारी पुनः लिन आग्रह गर्दा पनि नमानेपछि पारसको राजीनामा स्वीकार गर्दै मल्ललाई सो जिम्मेवारी दिइएको बताइएको छ ।

पारस कप्तान रहँदा मल्ल उपकप्तान रहेका थिए । पारसको अनुपस्थितिमा मल्लले नै कप्तानीको भूमिका निभाउने गरेका थिए । उपकप्तानको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीले पाएका छन् ।