बेल्जियमले पायो महिला प्रधानमन्त्री

बेल्जियमले पायो महिला प्रधानमन्त्री


■ डिल्ली अम्माई, ब्रुस्सेल

बेल्जियमले इतिहासमै पहिलोपटक महिला प्रधानमन्त्री प्राप्त गरेको छ। बेल्जियमका बजेटमन्त्री सोफी विल्म्सलाई देशको नयाँ कार्यवाहक प्रधानमन्त्रीको रूपमा चुनिएको हो। उनी बेल्जियमको इतिहासमै पहिलो महिला प्रधानमन्त्री हुन्।

विल्म्स नरम दक्षिणपन्थी धार बोकेको Mouvement Réformateur (सुधारबादी आन्दोलन MR ) पार्टीकी नेत्री हुन्। अक्टुबर २०१४ देखि सोफी विल्म्सको एमआर पार्टी मिशेल सरकारको हिस्साको रूपमा गठबन्धनमा थियो, जसले बेल्जियमका निवर्तमान प्रधानमन्त्री चार्ल्स मिशेललाई समर्थन गरिरहेको हो । अहिले पनि उनीहरुकै समर्थनमा सोफी प्रधानमन्त्री बनेको बताइन्छ।

४४ वर्षका महाराज फिलिपद्वारा प्रधानमन्त्री सोफीले औपचारिक शपथ लिएपछि उनले आजबाट आफ्नो कार्यभार सम्हालेकी छिन् । उनलाई २७ अक्टोबर आइतबार बिहान उच्च राजकीय औपचारिक समारोहका बीच शपथ गराइएको छ।

२०१८ को डिसेम्बरबाटै अघिल्लो सरकारले विश्वासको मत गुमाएपछि बेल्जियममा मिचेलको नेतृत्वको सरकार कामचलाउ भएको हो। र, अहिलेसम्म पनि बेल्जियममा त्यही काम चलाउ सरकारले काम गरिरहेको छ। गत मेमा भएको संसदीय चुनाबमा समेत कसैको स्पष्ट बहुमत आउन नसकेकोले यो जटिल अवस्था आएको हो।

बल्लतल्ल बेल्जियमको राजनैतिक असजिलोलाई चिर्दै प्रधानमन्त्रि बन्न सफल ‘माननीय सोफि विल्मेसलाई हार्दिक बधाई छ।’

स्मरण रहोस्, बेल्जियमका दक्षिणपन्थी कन्जरभेटिभ राजनैतिक दलहरूमा भ्लाम्स ब्लाङ्क, द न्यु भ्लाम्स अलाइन्स (NV-a), क्रिश्चियन डेमोक्रेटीस एण्ड भ्लाम्स (CD&V), सेन्ट्रल हुमेनिस्ट डेमोक्रेटिष्ट (cdH), रिफर्मिटिस मोभमेण्ट (MR)र भ्लाम्स लिबेरालेन एन डेमोक्रटन पर्दछन् । तर भीयलडीले आफूहरू स्वतन्त्र बजार नीति, आर्थिक उदारीकरण र प्रगतिशील सुधारको पक्षपाति भएकोले कन्जरभेटिभ नभएर न्युट्रल भएको दाबी गर्दछन् ।

दस्तावेज हेर्दा उनीहरूको रणनीति सत्ताको नेतृत्वमा नपुगुन्ज्याल नरम खालको कन्जरभेटिभ समाज स्थापना गर्ने, रोमन क्याथोलिक धर्मलाई सापेक्ष बनाउने र अनुदार पुँजीवादलाई स्थापित गर्ने देखिन्छ । आप्रवासीप्रति अनुदार देखिने त्यो शक्तिले अन्तर्राष्ट्रिय रुपमा दबाबको कारण आफ्नो फासिष्ट लक्ष्यको घोषणा गर्न हिच्किचाए पनि अन्तर्राष्ट्रिय रुपमा अनुकुल परिस्थिति आउने वित्तिकै आफ्नो रणनीतिमा अगाडी बढ्ने कुरालाई अस्विकार गर्न सकिन्न ।