‘बजेटमाथि लाउने डोजर गाउँलेमाथि आज !’

‘बजेटमाथि लाउने डोजर गाउँलेमाथि आज !’


■ अर्जुनराज पन्त

जनप्रतिनिधि भनम् कि खै डोजरका साहु ?
पेशासँग मिल्नेगरी फेरदिउँ बरु नाउँ !

न छ कुनै मापदण्ड न विज्ञको राय
बस्ती सारा कुरुप पार्दै आफ्नै डोजर लाए

वर्षाअघि वर्षापछि आफ्नै डोजर लायो
हिसाब मिलाइ भा’को बजेट सबै आफै खायो !

न कसैको निगरानी न त छानबीन कुनै
आफ्नै आदेश आफ्नै बजेट डोजर मालिक उनै

मितब्ययिता दुरदर्शीता हुनुपर्ने ठाउँमा
बजेट सक्न आफ्नै डोजर लिइ आछन् गाउँमा

तालुकदार र ठेकेदार’नि एउटै ब्यक्ति भा’छ
भा’को बजेट क्वाप्पै खान आफ्नै डोजर ला’छ !

आफ्नै बजेट आफ्नै डोजर आफैं गर्ने हिसाब
आफैं बोक्सी आफै धामी अचम्मकै निसाफ !

चुनावमा भा’को खर्च उठाउनलाई भनी
फेरि आउने चुनावलाई जम्मा पार्न पनि

बाटो ल्याउँछु भनिकन डोजर प्रयोग गरी
दोहो¥याएर आफ्नै डोजर लगाइ घरि–घरि

बाटामाथि लाउने डोजर लगाई बजेटमाथि
भा’को बजेट सबै खा’छ जोड्दै नानाभाँति

गाउँको बाटो भन्दा पनि उसको बाटो बन्छ
सबै बजेट आफै खान्छ विकास भयो भन्छ !

बजेटमाथि लाउने डोजर हरे कठै आज
गाँउलेमाथि लगाएछन् त्यही बस्तीका माझ

सुनेको’थेँ भीड हटाउन डोजर ला’को पहिले
अनुकरण ग¥यौ कि खै त्यही कुराको अहिले ?!