साढे बाइस प्रतिशत नगद लाभांश दिँदै स्ट्याण्डर्ड चार्टर्ड बैंक

साढे बाइस प्रतिशत नगद लाभांश दिँदै स्ट्याण्डर्ड चार्टर्ड बैंक


स्ट्याण्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयर धनीलाई २२ दशमलव ५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिको बैठकले प्रतिशेयर २२ रुपैयाँ ५० पैसाका दरले नगद लाभांश दिने गरी प्रस्ताव गरेको हो । सो बैंकले उक्त प्रस्तावसम्बन्धी जानकारी नेपाल स्टक एक्सचेञ्जलाई गराएको छ ।

उक्त प्रस्ताव बैंकको वार्षिक साधारणसभा र नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि वितरण गरिने बताइएको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको कूल चुक्ता पूँजी आठ अर्ब एक करोड छ भने बैंकले आव २०७५/७६ मा कूल एक अर्ब ८० करोड वितरणयोग्य मुनाफा गरेको थियो ।