दृष्टिविहीनहरुको लागि छात्रवासलाई सहयोग

दृष्टिविहीनहरुको लागि छात्रवासलाई सहयोग


■ एस क्षेत्री, टोकियो (जापान)

निरन्तर समाज सेवामा लागिरहेको राप्ती समाज जापानले दाङ जिल्लाको देउखुरीमा निर्माण हुन लागेको दृष्टिविहीनहरुको लागि छात्रवास सहयोग रकम नेपाल पठाएको छ। रकम संकलन अभियानका क्रममा संकलित एकचालीस हजार चार सय चालिस रुपैयाँ नेपाल पठाइएको हो।

समाजका अध्यक्ष युवराज रेग्मी, सचिव पञ्चवीर चौधरी साथै कोषाध्यक्ष केशव भण्डारीको उपस्थितिमा नेपाल पठाइएको सो रकम लालमटीयाका तुल्सी राममार्फत निर्माण समितिलाई हस्तान्तरण गरिने जनाइएको छ।

राप्ती समाज जापानका अध्यक्ष युवराज रेग्मीले सहयोग अभियानमा साथ दिनुहुने सबै सदस्यलाई धन्यवाद दिँदै आगामी दिनहरुमा अरु सहयोग अभियानमा पनि यसरी नै साथ दिनुहुन अनुरोध गर्नुभएको कुरा समाजका उपाध्यक्ष मनराज विश्वकर्माले बताउनुभयो।