‘ढाक्यो मायाले’ सार्वजनिक

‘ढाक्यो मायाले’ सार्वजनिक


नेपाल आइडल प्रतियोगी विक्रम बरालको नयाँ गीत ‘ढाक्यो मायाले’ सार्वजनिक भएको छ । भिडियोसहित सार्वजनिक गीतमा उनलाई स्वरमा भ्वाइस अफ नेपालको ब्याटल राउण्डसम्म पुग्न सफल प्रतियोगी सम्झना पाण्डेले साथ दिएकी छन् ।

बैँशालु उमेरमा रहेका प्रेमी जोडीको मायाप्रेमको कथा देखाउने प्रयास गरिएको भिडियोमा गायिका सम्झनाले मोडल निराजन प्रधानसँग रोमान्स गरेकी छन् । गहिरो प्रेममा रहँदा प्रेमी जोडीले गर्ने क्रियाकलाप भिडियोमा देखाइएको छ ।

भूपेन्द्र महतको शब्द, हरि लम्सालको सङ्गीत रहेको गीतको भिडियो शान थापाले निर्देशन गरेका हुन् । अर्जुन तिवारीले छायांकन गरेको भिडियोमा नकुल खड्काको सम्पादन र राजिव समिरको कोरियोग्राफी रहेको छ ।