चौध जुवाडेबाट ३ लाख ४५ हजार बरामद

चौध जुवाडेबाट ३ लाख ४५ हजार बरामद


■ नारद कोहार

कपिलवस्तुबाट १४ जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर २ स्थित बर्गदवाबाट उनीहरु पक्राउ परेका हुन्।

जुवा खेलिरहेको सूचनाको आधारमा छापा मार्दा खालबाट ३ लाख ४५ हजार नगद समेत बरामद भएको कपिलवस्तु प्रहरीका नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए।

उनीहरुलाई जुवा ऐनअन्तर्गत कार्वाही प्रक्रिया अघि बढाउने प्रहरीले जनाएको छ।