बेइजिङ स्यांग्सन फोरममा भाग लिन पोखरेल चीन प्रस्थान

बेइजिङ स्यांग्सन फोरममा भाग लिन पोखरेल चीन प्रस्थान


उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल छिमेकी चीनको उहानमा हुने सातौँ विश्व सैन्य खेलकुद प्रतियोगिता र बेइजिङमा हुने ‘बेइजिङ स्यांग्सन फोरम’मा भाग लिन बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

उपप्रधानमन्त्री पोखरेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, नेपाली सेना रथी शरद गिरीलगायतले बिदाइ गरेको पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिए ।

इन्टरनेसनल मिलिटरी स्पोर्टस् काउन्सिल (सीआईएसएम) ले प्रत्येक चार वर्षमा गर्ने यो प्रतियोगितामा नेपाली सेनाले पहिलोपटक भाग लिएको छ ।

शुक्रबार उदघाटन हुने प्रतियोगितामा भाग लिन बुधबार राति नेपाली खेलाडी त्यहाँ पुगिसकेका छन् । प्रतियोगितामा नेपालले १३ खेलमा भाग लिएको छ । स्यांग्सन फोरम यही अक्टोबटर २० देखि २२ सम्म चल्नेछ । उपप्रधानमन्त्री पोखरेल आगामी कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम रहेका छ ।