विप्लवका दाजुसहित सो समूहका २१ पक्राउ

विप्लवका दाजुसहित सो समूहका २१ पक्राउ


दाङबाट नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका २१ नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । नेपाल–भारत सीमानाकाअन्तर्गत दाङको राजपुर गाउँपालिका–४ मुग्रेटाखोलास्थित जंगलबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

सो ठाउँमा विप्लव समूहको बैठक भइरहेको प्राप्त गोप्य सूचनाका आधारमा पुगेको प्रहरीको टोलीले गएराति एक बजे उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विप्लव समूहका मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजंग चन्द, केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज सुवास बाठा, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटनलगायतका नेता तथा कार्यकर्तालाई पक्राउ गरिएको हो । चन्द ‘विप्लव’का दाजु हुन् ।