मान्छे मार्ने चालकद्वारा प्रहरीसमक्ष आत्मसमर्पण

मान्छे मार्ने चालकद्वारा प्रहरीसमक्ष आत्मसमर्पण


मध्यपुरथिमि नगरपालिका–४ एसएसचोकमा बाटो काट्दै गरेकी एक वृद्धा महिलालाई बोलेरो जिपले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ ।

भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.१४च १६८६ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा पैदलयात्री ओखलढुंगा लिखु गाउँपालिका–६ घर भई हाल मध्यपुरथिमि–४ एसएसचोक बस्ने ७६ वर्षीया लक्ष्मीदेवी भट्टराईको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

तीव्र गतिमा आएको बोलेरोले जेब्राक्रसिङबाट बाटो काटिरहेकी महिलालाई ठक्कर दिएर फरार भएका चालक काभ्रे बेथानचोक गापा–३ घर भई हाल काभ्रे भैँसेपाटी बस्ने २४ वर्षीय विनोद घिमिरेले प्रहरी वृत्तमा मध्यपुरथिमिमा आत्मसमर्पण गरेका छन् भने घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।