प्रशिक्षणका लागि महिला भलिबल टोली थाइल्यान्ड प्रस्थान

प्रशिक्षणका लागि महिला भलिबल टोली थाइल्यान्ड प्रस्थान


वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला भलिबल टोली थाइल्यान्ड प्रस्थान गरेको छ । उक्त टोलीलाई नेपाल भलिवल संघले असोज २८ गते मंगलबार बिदाइ गरिएको हो ।

नेपाली टोलीमा १८ खेलाडी, तीन प्रशिक्षक र एक व्यवस्थापकगरी २२ जना छन् । उनीहरू आज (२९ असोज २९) थाइल्यान्ड प्रस्थान गरेका छन् ।

नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवाल, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जनरमण शर्मा, उपाध्यक्ष रन्जन खड्का, महासचिव जितेन्द्रबहादुर चन्दलगायतले विदाइ गरेका थिए ।

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) र बंगलादेशमा हुने एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारीका लागि नेपाली टोली थाइल्यान्ड जान लागेको हो ।

पहिलो संस्करणको एभीसी सेन्ट्रल जोन महिला भलिबल कात्तिक २२ देखि २७ गतेसम्म सञ्चालन हँुदैछ । सेन्ट्रल जोनपछि नेपालले मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने १३औँ सागमा प्रतिस्पर्धा गर्नेछ ।

सेटर अरुणा शाहीको कप्तानीमा रहेको नेपाली टोलीमा प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, उषा भण्डारी, उषा विष्ट, रेस्मा भण्डारी, संगम महतो, जानकी भण्डारी, शान्ति थारु, आरती सुवेदी, सुनिता खड्का, पुनम चन्द, सोफिया पुन, हीरा केसी, कमला पुन, सलिना श्रेष्ठ र शान्ति तामाङ रहेका छन् । त्यस्तै प्रशिक्षकमा सलिना श्रेष्ठ, जगदिशप्रसाद भट्ट र भरत यादव तथा व्यवस्थापकमा रिता कोइराला रहेका छन् ।