घाँटी रेटेर आत्महत्या

घाँटी रेटेर आत्महत्या


धादिङमा घाँटी रेटेर एकजनाले आत्महत्या गरेका छन् । धादिङको सिद्धलेक–२ हात्तीसुडेका ५० वर्षीय गोपालबहादुर मगरले चक्कुले घाँटी रेटेर आत्महत्या गरेका हुन् ।

घाँटी रेटेर घाइते भएका मगरको उपचारका लागि अस्पताल ल्याउने क्रममा मंगलबार बिहान करिब १० बजे बाटोमैै मृत्यु भएको धादिङस्थित हाम्रा संवाददाताले जनाएका छन् । मृतक मगरको शव अहिले जिल्ला अस्पतालमा राखिएको छ ।

उनले किन आत्महत्या गरे भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।