खेलकुद मन्त्रीद्वारा पूर्वाधारको निरीक्षण

खेलकुद मन्त्रीद्वारा पूर्वाधारको निरीक्षण


युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले नेपालमा हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग) का लागि निर्माण तथा स्तरोन्नति भइरहेका भौतिक पूर्वाधारको असोज २७ गते सोमबार निरीक्षण गरेका छन् ।

खेलकुद मन्त्री विश्वकर्माले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, सातदोबाटोस्थित हिटिङ स्विमिङ पुल, स्क्वासको सेन्टर कोर्ट र लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको निरीक्षण गरेका थिए ।

सो अवसरमा उनले निर्माण कार्यको जिम्मेवारी पाएका संस्थाका प्रतिनिधि, इन्जिनिएरलगायतसँग प्रगति अवस्थाका बारेमा जानकारी लिनुका साथै समयमै कार्य सम्पन्न गर्न निर्देशन दिएका थिए ।

निरीक्षणका दौरान राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले मन्त्री विश्वकर्मालाई निर्माण र स्तरोन्नती भइरहेका पूर्वाधारका विषयमा जानकारी गराएका थिए ।