क्यानको निलम्वन फुकुवा पारसद्वारा राजीनामा

क्यानको निलम्वन फुकुवा पारसद्वारा राजीनामा


नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले कप्तान पदबाट राजीनामा दिएका छन् । दस वर्ष नेपाली क्रिकेट टीमका कप्तान रहेका पारसले आज (२८ असोज) एक प्रेस विज्ञप्ती जारी गर्दै राजीनामाबारे जानकारी दिएका हुन् ।

लामो समय नेपाली क्रिकेटमा योगदान दिएका पारस उत्कृष्ट ब्याट्सम्यान र बलर हुन् । पारसले नेपाल क्रिकेट संघ (क्यान)को निलम्वन फुकुवा गरेको भोलिपल्टै राजीनामा दिएका हुन् ।

क्यान निलम्वनबाट फुकुवा भएकोमा उनले खुशी प्रकट गरेका छन् भने नवनिर्वाचित क्यानको कार्यसमितिलाई उत्कृष्ट कार्यको लागि शुभकामना प्रकट गरेका छन् ।

यसैबीच अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान)माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । असोज २७ गते सोमबार सम्पन्न आईसीसीको बैठकले क्यानको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । आईसीसीले २०७३ मा क्यानमा सरकारी हस्तक्षेप भएको भन्दै निलम्बनमा राखेको थियो ।