कपिलवस्तुमा सम्पन्न भयो कांग्रेसको चियापान

कपिलवस्तुमा सम्पन्न भयो कांग्रेसको चियापान


■ नारद कोहार, कपिलवस्तु

नेपाली कांग्रेस कपिलवस्तुको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति कपिलवस्तुको आयोजनामा चियापान सम्पन्न भएको हो ।

मेलमिलाप दिवसको सम्झनामा कांग्रेसले ०३३ सालदेखि नै प्रत्येक वर्ष कोजाग्रत पुर्णिमाको दिन चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा गर्दै आएको छ ।

कपिलवस्तुमा आयोजित चियापान समारोहमा उपस्थित वक्ताहरुले देशको विकास गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताए । कार्यक्रम नेपाली कांग्रेसका जिल्ला सभापति सुरेन्द्र आचार्यको अध्यक्षतामा भएको थियो ।

उक्त कार्यक्रममा प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाह, प्रतिनिधिसभा सदस्य अतहर कमाल, प्रदेशसभा सदस्य शहसराम यादव, प्रदेशसभा सदस्य रीना नेपाल, कपिलवस्तु नगरपालिकाका नगरप्रमुख किरण सिंह, बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशवकुमार श्रेष्ठ, महाराजगंज नगरपालिकाका नगरप्रमुख अब्दुल कलाम, बाणगंगा नगरपालिकाका नगरप्रमुख मंगलप्रसाद थारु, जिल्ला समन्वय समितिका उपसंयोजक तारावती थारु, नेपाल तरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरी, लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य राजेश ज्ञवाली, नेकपाका नेता दीपक पाण्डेयलगायतको सहभागिता रहेको थियो ।