चिनियाँ राष्ट्रपतिको विदाई

चिनियाँ राष्ट्रपतिको विदाई


नेपालको दुई दिवसीय राजकीय भ्रमण पूरा गरी मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किनुभएको छ । मित्रराष्ट्र भारत हुँदै शनिबार (२५ असोज) नेपाल आउनुभएका राष्ट्रपति सी १९ घण्टा नेपालमा बिताएर आज (२६ असोज आइतबार) चीन फर्कनुभएको हो ।

चिनियाँ राष्ट्रपतिको बिदाईका लागि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसहितका विशिष्ठ नेताहरु विमानस्थल पुग्नुभएको थियो भने स्वदेश फर्कनुअघि राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष विदाई सम्मान प्रदान गरिएको थियो ।