विप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्य पक्राउ

विप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्य पक्राउ


जिल्ला प्रहरी कार्यालय बझाङले विप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्य देवराज अवस्थीलाई पक्राउ गरेको छ । वित्थडचिर गाउँपालिका–९ सुनकुडा घर भएका ४० वर्षीय अवस्थीलाई चन्दा सङ्कलन गरिरहेको अवस्थामा प्रहरी चौकी स्याडीबाट खटिएको टोलीले असोज २४ गते पक्राउ गरेको दाबी गरिएको छ ।

अवस्थीसहितका केहीलाई नगद रसिद ठेलीसहित नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङको भनाई छ । नेकपाका कार्यकर्ताहरूले स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि तथा विद्यालयका शिक्षकसँग समेत चन्दा माग्ने र नदिए धम्क्याउनेलगायतका काम गर्दै आएको स्थानीय जनप्रतिनिधिहरूलाई उद्धृत गर्दै राससले जनाएको छ ।