कांग्रेस नेताले लिए दुर्घटनामा अभिभावक गुमाएका बालबालिकाको अभिभावकत्व

कांग्रेस नेताले लिए दुर्घटनामा अभिभावक गुमाएका बालबालिकाको अभिभावकत्व


सिन्धुपाल्चोक बस दुर्घटनाका कारण अभिभावक गुमाएका बालबालिकालाई नेपाली काङ्ग्रेसका नेता मोहनबहादुर बस्नेतले निःशुल्क पठनपाठन गराउने भएका छन् । अस्पतालमा घाइतेलाई भेट्ने क्रममा नेता बस्नेतले दुर्घटनामा परेर अभिभावक गुमाएका बालबालिकाको अभिभावकत्व लिने घोषणा गरेका हुन् ।

यस्तै, पूर्वमन्त्री बस्नेतले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका भोटसिपामा शुक्रबार भएको दुर्घटनामा घाइते भएकाको उपचारका लागि तत्कालका लागि रु ५० हजार आर्थिक सहयोग गरेका छन् । शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराइरहेका यात्रुलाई भेटेर उनले उक्त सहयोग गरेका हुन् ।

सो क्रममा उनले भने, ‘तत्कालका लागि रु ५० हजार आर्थिक सहयोग गरको हुँ, आवश्यक परे आगामी दिनमा पनि सहयोग गर्नेछु ।’

सिपाटारबाट काठमाडौं आउँदै गरेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा १४ जनाको मृत्यु र दर्जनौँ यात्रु घाइते भएका थिए ।

बस्नेत सोही क्षेत्रबाट निर्वाचित भएर मन्त्रीसमेत बन्नुभएको थियो ।