इयू सम्मेलनमा टर्कीविरूद्ध प्रतिबन्धको तयारी

इयू सम्मेलनमा टर्कीविरूद्ध प्रतिबन्धको तयारी


टर्कीद्वारा सिरियामा चलाइएको सैनिक अभियानलाई लिएर यूरोपेली नेताहरूले आगामी हप्ता हुने यूरोपेली संघ (इयू) सम्मेलनमा प्रतिबन्धका विषयमा छलफल गरिने फ्रान्सका इयू मामिला मन्त्री अमिली दे मोन्टचालिनले बताएकी छन् ।

फ्रान्स इन्टर रेडियोसँग कुरा गर्दै फ्रान्सेली मन्त्री दे मोन्टचालिनले टर्कीविरूद्ध प्रतिबन्धका लागि इयू तयारी अवस्थामा रहेको बताएकी हुन् । यससम्बन्धी प्रस्ताव छलफलका लागि इयूमा दर्ता भैसकेको र यसबारे आगामी हप्ता यूरोपेली परिषदमा छलफल हुने पनि उनले बताएकी सिन्ह्वाले जनाएको छ ।

‘जतिवेला यूरोपेली नागरिकको प्रतिकुल तथा यूरोप क्षेत्रमा अस्थिरताविरोधी गतिविधि हुन्छन् यूरोपेली शक्ति शक्तिहीन बनेर बस्ने छैनन्’, मोन्टचालिनको थप भनाई छ ।

बिहीबार २८ सदस्यीय यूरोपेली समूहले संयुक्त विज्ञप्ति जारी गरी टर्कीलाई सिरियाको उत्तरी क्षेत्रमा सैन्य गतिविधि रोक्न आह्वान गरेको थियो ।