बलात्कार गरेको आरोपमा मालपोतका प्रमुख पक्राउ

बलात्कार गरेको आरोपमा मालपोतका प्रमुख पक्राउ


कञ्चनपुरको बेलौरी मालपोत कार्यालयका प्रमुख भोजबहादुर ऐडी प्रहरी नियन्त्रणमा परेका छन् । आफूमाथि बलात्कार भएको आरोप स्थानीय एक महिलाले लगाएपछि बेलौरी मालपोत कार्यालयका प्रमुख ऐडीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

महिलाले आरोप लगाएपछि सोधपुछका लागि नियन्त्रणमा लिइएको जानकारी दिँदै इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक रणबहादुर चन्दले घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको बताए ।

मोलपोत प्रमुख ऐडीलाई सोधपुछ भइरहेको बताउँदै कुनै खाले जाहेरी नआएकोले अहिलेसम्म मुद्दा दर्ता नभएको पनि उनले जानकारी दिए । राससका अनुसार घटनाबारे सोधपुछका लागि प्रहरीले महिलालाई पनि नियन्त्रणमा लिएको छ ।