चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण सार्थक तुल्याउन बालुवाटारमा छलफल

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण सार्थक तुल्याउन बालुवाटारमा छलफल


चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणलाई कसरी प्रभावकारी र सफल तुल्याउने भन्ने सवालमा प्रधानमन्त्री केपी ओलीले उच्च तहमा छलफल शुरु गरेका छन् । प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मामिलाका जानकारहरुसँग छलफल आयोजना गरेका हुन् ।

विदेशी राष्ट्रबाट हुने राजकीय भ्रमणको समयमा आफ्नो तर्फबाट कसरी प्रस्तुत हुने भन्ने एजेण्डा तय गर्न पूर्वप्रधानमन्त्रीलगायत जानिफकारहरुसँग छलफल गर्ने प्रचलनअनुसार प्रधानमन्त्रीले छलफल गरेका हुन् ।

यतिबेला प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी रहेको र छलफलमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागी रहेका छन् ।

राष्ट्रपतिको भ्रमणका क्रममा मुलुकको हितका लागि आवश्यक एजेण्डामा प्रधानमन्त्रीद्वारा छलफल चलाइएको बुझिएको छ ।

pict:rss