इजरायल पठाइदिने बहानामा ठगी गर्ने आरती पक्राउ

इजरायल पठाइदिने बहानामा ठगी गर्ने आरती पक्राउ


वैदेशिक रोजगारी दिलाउने नाममा ठगी गरेर फरार रहेकी आरती गिरी पक्राउ परेकी छिन् । वैदेशिक रोजगार न्यायाधीकरणको २०७० असार ३ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार जरीवाना हुने ठहर भएपछि महोत्तरी रामनगरकी ३१ वर्षीया आरती फरार भएकी थिइन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले कमलपोखरी काठमाडौंबाट पक्राउ गरेको हो ।

गिरीलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवल पठाइएको छ ।

गिरीले वैदेशिक रोजगारीका लागि ६ महिनाभित्र इजरायल पठाइदिन्छु भनी २०६८ मंसिर २८ गते जाहेरवालाहरु पदम सुन्दरी श्रेष्ठबाट ३ लाख ३० हजार र गिता श्रेष्ठबाट १ लाख ५५ हजार रुपैयाँ उठाई वैदेशिक रोजगारीमा नपठाई फरार भएकी थिइन् ।