वरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको निधन

वरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको निधन


वरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको आइतबार निधन भएको छ । उपचारका क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन हुनुभएका आचार्य ६१ वर्षका हुनुहुन्थ्यो । आचार्यको कलेजोमा खराबी देखिएको बताइएको छ ।

दुई दशकसम्म नेपाल टेलिभिजनको समाचार प्रमुख भई नायब महाप्रबन्धकबाट अवकाशप्राप्त उहाँ हाल न्यूज–२४ को समाचार प्रमुख हुनुहुन्थ्यो ।

पत्रकारिता अध्यापन, पुस्तक लेखनमा समेत क्रियाशील आचार्यको ‘चिन्तन मनन’ टेलिभिजन कार्यक्रम लोकप्रिय थियो । उहाँका श्रीमती, एक छोरी हुनुहुन्छ भने आइतबार नै उहाँको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।