सभामुख निवासबाटै पक्राउ परे महरा

सभामुख निवासबाटै पक्राउ परे महरा


अन्ततः निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । संसद् सचिवालयकी कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका महरालाई आज (१९ असोज) साँझ सभामुख निवासबाटै पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीका अनुसार यौन दुर्व्यवहार आरोपमा स्पष्ट जाहेरी परेपछि अनुसन्धानका लागि पक्राउ गरिएको हो ।

आज दिउँसो मात्रै काठमाडौं जिल्ला अदालतले यौन दुर्व्यवहारको आरोप लागेका महरालाई पक्राउको अनुमति दिएको थियो । न्यायाधीश ब्रजेश प्याकुरेलको आदेशले पक्राउको अनुमति दिएलगत्तै प्रहरीले सभामुख निवास गएर नियन्त्रणमा लिएको हो ।