एनआरएनए उपाध्यक्षमामा धर्मराजको उम्मेदवारी

एनआरएनए उपाध्यक्षमामा धर्मराजको उम्मेदवारी


  • राजन घिमिरे

गैरआवासीय नेपाली संघ ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले आसन्न एनआरएनए अधिवेशनमा हुने निर्वाचनका लागि आईसीसी उपाध्यक्षमा (२०१९(२०२१ ) उम्मेदवारी दिएका छन् । अधिकारी लामो समयदेखि प्रवासमा रहेका नेपालीहरूको हकÞहितको पक्षमा लड्दै आएका गैरआवासीय नेपाली हुन् ।

विगत लामो समयदेखि अष्ट्रेलियामा बसोबास एवम् व्यवसाय गर्दै आएका अधिकारीले क्षेत्रीय संयोजकको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिसकेपछि विदेशमा रहेका नेपालीहरूको आवाजलाई देशसम्म र नेपालको समृद्धिको अभियानलाई विदेशमा रहेका एनआरएनएसम्म लैजाने अभिभारा बाँकी रहेको ठहर गर्दै आफूले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताए ।

आफू कुनै रहर र कसैको भनाईमा लागेर उम्मेदवार बनेको नभई एनआरएएको अन्तर्राष्ट्रिय अभियानमा अष्ट्रेलियाको उपस्थितिलाई दरिलोसँग प्रस्तुत गर्न अघि बढेको अधिकारीले दाबी गरे ।

उनले भने– ‘पछिल्लो समय क्षेत्रीय संयोजक भएर काम गरिरहँदा विश्वभर रहेका साथीभाइले दिनुभएको साथ, सहयोग र उत्साहले मलाई अघि बढ्न प्रेरित गरेको हो । हामीले विदेशमा बसेर नाम, दाम कमायौँ होला तर मातृभूमिको सेवाबाट मात्र मनमा सन्तुष्टि मिल्छ भन्ने प्रष्ट छ । यसैकारण हामी हामीले विदेशमा आर्जन गरेको ज्ञान, शीप र दक्षता नेपालको नयाँ पुस्तालाई हस्तान्तरण गर्न चाहन्छौं । हामी विदेशमा कमाएको पूँजीको केही अंश नेपालमा लगानी गर्न चाहन्छौं ता कि नेपालले समृद्धिको यात्रालाई अझ मजबुत बनाउन सकोस् । हामी हाम्रा विदेशी मित्रहरुलाई नेपालमा विश्वको सर्वोच्च शिखर सगरमाथा देखाउन चाहन्छौं, शान्तिदूत बुद्धभूमिमा लैजान चाहन्छौं ।’

अधिकारीले दोहोरो नागरिकतामा स्पष्टता, एनआरएन लगानीको सहजता र सुरक्षा, नेतृत्वको प्रभावकारिता र स्कीलसहित नेपाल सरकारले भर्खरै घोषणा गरेको ब्रेन गेन अभियानमा आफुले योगदान दिन चाहेको र यिनै एजेन्डाको केन्द्रमा रहेर अघि बढ्ने बताए ।