घोडचढी संघका महासचिव श्रेष्ठको निधन

घोडचढी संघका महासचिव श्रेष्ठको निधन


नेपाल घोडचढी (इक्योस्टेरियन) संघका महासचिव बलराम श्रेष्ठको असामयिक निधन भएको छ । महासचिव श्रेष्ठको निधनमा शोक ब्यक्त गर्दै संघका अध्यक्ष रवि राजकर्णिकारले शोकसन्तप्त परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै दिवंगत श्रेष्ठप्रति श्रद्धाञ्जली ब्यक्त गरेका छन् ।

लामो समयदेखि नेपाली खेलकुद क्षेत्रमा निरन्तर सक्रिय श्रेष्ठले घोडचढी संघको नेतृत्व तहमा रहेर यो खेलको विकास र विस्तारको लागि अहम भूमिका निर्वाह गरेका थिए ।