सादा भइन् चौथो नेपाल्स् नेक्ट्स सुपर मोडलको विजेता

सादा भइन् चौथो नेपाल्स् नेक्ट्स सुपर मोडलको विजेता


‘नेपाल्स् नेक्ट्स सुपर मोडल–२०१९’को चौथो संस्करण उपाधि सादा थापाले जितेकी छिन् । आर एन्ड आर गु्रपको आयोजनामा काठमाडौंमा सम्पन्न सो प्रतियोगितामा फाइनलमा उत्रिएका नौ मोडललाई उछिन्दै सादाले २५ हजार रुपैयाँ र विभिन्न उपहारसहित सो उपाधि हासिल गरेकी हुन् । अर्गनाइजर च्वाइसको उपाधि पनि सादाले प्राप्त गरिन् ।

प्रतियोगितामा निरिसा दली श्रेष्ठले फस्ट रनरअपको उपाधि हासिल गरिन् । सोही प्रतियोगितामा कृतिका श्रेष्ठ सेकेन्डर रनर अप घोषित भइन् । सो प्रतियोगितामा विभिन्न अन्य उपाधिहरु पनि थिए ।

कार्यक्रममा मिस फोटोजेनिकको उपाधि प्रेरणा बलायाले, बेस्ट फिगरको उपाधि गीता महर्जनले, मिस मल्टिमिडिया र मिस कन्जिनियालिटीको उपाधि कृतिका श्रेष्ठले, बेस्ट हेयरको उपाधि पूर्णिमा श्रेष्ठले, बेस्ट वाकको उपाधि र बेस्ट स्किनको उपाधि निरिसा दली श्रेष्ठले, मिस पर्सनालिटीको उपाधि साइलिना भुजेलले हाँसिल गरे ।

यो प्रतियोगिताको फाईनल निर्णायकमा अग्रज फोटोग्राफर राजभाई सुवाल, अधिवक्ता लक्ष्मण महर्जन, टिन क्रियटिभ ब्युटीपार्लर एन्ड स्पा महाराजगञ्जकी सञ्चालक निरुपा गड्तौला, रश्मी तण्डुकार, पुजा बज्राचार्य र गोपाल भण्डारी थिए ।

सुरेश प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न यो प्रतियोगिताको कोरियोग्राफी र फाइनल इभेन्ट सञ्चालन पनि रोजिन शाक्यले गरेका थिए ।

मोडलिङ क्षेत्रमा व्यबसायिक रुपमा नयाँ मोडल ल्याउन आफुहरुले चार वर्षयताबाट नियमित रुपमा ‘नेपाल्स् नेक्स सुपर मोडल’ प्रतियोगिता आयोजना गर्दै आएको आयोजक संस्था आर एन्ड आर ग्रुपकी अध्यक्ष मञ्जु श्रेष्ठले बताइन् ।