काम गर्न सपना देख्नुपर्छ : मन्त्री अर्याल

काम गर्न सपना देख्नुपर्छ : मन्त्री अर्याल


भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सरकार दीर्घकालीन विकासका योजनामा रहेको बताएकी छिन् । मन्त्री अर्यालले भनिन्, ‘यहाँ विकासका ठूलाठूला योजनाका कुरा गर्दा खिसिटिउरे गरिन्छ, हावामा उडाइन्छ, योजना नबनाईकन, सपना नदेखीकन कसरी काम हुन्छ ?’ उनले नेपालमा पाइपलाइनबाट इन्धन ल्याउने, रेल र पानीजहाजका कुरा गर्दा हावामा उडाउनेहरू पाइपलाइनबाट इन्धन आउँदा ट्वाल्ल परेको बताइन् । उनले पाँच वर्षका लागि निर्माण भएको यो सरकारले विकास निर्माणको जग बसालेर छाड्ने उल्लेख गरिन् ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य एवं विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले तीनै तहको सहभागिताबिना देशको विकास सम्भव नभएको उल्लेख गर्दै स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारबीच समन्वय गरेर काम गर्नुपर्ने बताइन् ।

सामुदायिक भवन निर्माणका लागि सरकारबाट रु. १२ लाख ३० हजार, चन्दा सहयोगबाट रु. १५ लाख ५३ हजार ३४२, देउसीभैलोबाट रु. ११ लाख ९५ हजार ३७५ र जनश्रमदानबाट रु. आठ लाख ९६ हजार गरी रु. ४३ लाख ७६ हजार ७१७ को लागतमा भवन निर्माण गरिएको स्थानीयवासी लक्ष्मीपति पौडेलले जानकारी दिए ।