आफैँले हानेको मिसाइलबाट आफ्नै हेलिकोप्टर खसेको भारतद्वारा स्वीकार

आफैँले हानेको मिसाइलबाट आफ्नै हेलिकोप्टर खसेको भारतद्वारा स्वीकार


गत फेब्रुअरीमा पाकिस्तानसँग कस्मिर विषयमा भएको द्वन्द्वका क्रममा भारतीय वायुसेनाले हानेको मिसाइल लागेर आफ्नै हेलिकोप्टर खस्दा ६ जनाको मृत्यु भएको शुक्रबार पहिलोपटक पुष्टि गरेको छ ।

‘गत फेब्रुअरीमा हाम्रो पक्षबाट छोडिएको मिसाइलले भूलवश आफ्नै हेलिकोप्टरलाई लाग्दा यसमा रहेका चालक दलका सदस्यसहित ६ जनाको मृत्यु हुन पुगेको अनुसन्धानपछि पुष्टि भएको छ,’ वायुसेना प्रमुख राकेसकुमार भदौरियाले बताए ।

‘हामी विश्वस्त पार्न चाहन्छौँ कि यस्तो गल्ती भविष्यमा दोहोरिने छैन,’ उनले सञ्चारकर्मीहरूलाई बताए । कास्मिर क्षेत्रमा भारत र पाकिस्तानबीच फेब्रुअरी २७ मा भारतीय हेलिकोप्टर दुर्घटनाग्रस्त भएको थियो ।

पाकिस्तानी क्षेत्रमा रहेको पाकिस्तानी लडाकु समूह जैस–ए–मोहमदको बालाकोटस्थित ‘शिविर’माथि हमला गरेको एक दिनपछि भारतीय हेलिकोप्टर पाकिस्तानी क्षेत्रमा खसेको थियो । उक्त घटना पाकिस्तानी भूमिमा संगठित जैस–ए–मोहमदले कस्मिरको पुलवामा आक्रमण गरी ४० भारतीय स्थल सेनाको हत्या गरेपछि भएको थियो

रासस