१५ मंसिर २०७७, सोमबार

अब हेलम्बुका एकल पुरुषलाई पनि मासिक भत्ता

  प्रकाशित मिति
१७ आश्विन २०७६, शुक्रबार ०८:४२


सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका एकल पुरुषले पनि मासिक रु. ५०० का दरले भत्ता पाउने भएका छन् । गाउँपालिकाले कार्यविधि बनाइसकेकाले यस आवको साउनदेखि नै लागू हुने गरी भत्ता वितरण गर्न लागिएको हो ।

गाउँपालिकाभित्र करिब ३५० एकल पुरुष भएको अनुमान गरिएको हँुदा नाम संकलन गरेर यकिन विवरण प्राप्त भएपछि वितरण गरिने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।

महिला र पुरुष समान भनिँदै आएका सन्दर्भमा एकल पुरुषलाई पनि मासिक भत्ता दिन उपयुक्त ठहर गरी आन्तरिक स्रोतबाट प्रदान गर्ने गरी गाउँपालिकाको सभाले रु. २० लाख बजेट पारित गरेको अध्यक्ष शेर्पाको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

लामो समय गृहयुद्दको चपेटामा परेको दक्षिण सुडानमा खटिएका नेपाली सेनाका शान्ति सैनिकहरूले सम्भावित ठूलो जातीय हिंसा नियन्त्रण गरेको छ ।

प्रहरीले एक महिलाको हराएको अठार तोला गरगहना र रु ३१ हजार ५०० फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय

नेपाली सेनाको सैन्य दर्जाको लिखित परीक्षा दिन खोज्ने नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–४ स्थित कञ्चन विद्या

विशेष प्रतिनिधि, टोकियो (जापान) नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापान कान्तो क्षेत्रीय समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । आइतबार