एनआरएन आईसीसीको उपाध्यक्षमा थापाको उम्मेदवारी घोषणा

एनआरएन आईसीसीको उपाध्यक्षमा थापाको उम्मेदवारी घोषणा


■ श्याम क्षेत्री, टोकियो

गैरआवासीय नेपाली संघ (एनआरएनए) को २०१९-२०२१ कार्यकालको लागि एशिया तथा प्रशान्त क्षेत्रका क्षेत्रीय संयोजक (आरसी) किरण थापाले एनआरएन आईसीसीको उपाध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेका छन् । किरण थापा एसिया प्यासफिक क्षेत्रका दुई कार्यकालका संयोजक हुन् ।

काठमाडौंका रैथाने थापा कर्ममा निरन्तरता र काममा दृढता राख्ने व्यक्तिका रुपमा चिनिन्छन् । १९८८ देखि विदेशमा ब्यवसाय गरी बसेका थापा हाल जापानमा एक्सपोर्ट र इम्पोर्ट ब्यवसायमा क्रियाशील छन् । यसबाहेक उनी रेष्टुरेन्ट, ह्याण्डिक्राफ्टलगायतको ब्यवसाय पनि सञ्चालन गर्छन् भने नेपालमा शिक्षा, जलविद्युत, इन्सुरेन्स, बैंक लगायतको क्षेत्रमा उनको लगानी छ ।

२००६ मा पहिलो पटक एनआरएनए जापानको सदस्यता लिएका थापा एनसीसी जापानको सदस्यसहित २००७-२०११ सम्म अन्तराष्ट्रिय परिषद सदस्य, २०११-२०१३ एशिया प्रसान्त क्षेत्रको क्षेत्रीय उपसंयोजक, २०१५ देखि २०१९ सम्म  दुई-दुई कार्यकाल सोही क्षेत्रको क्षेत्रीय संयोजक रहेका छन्।

यसपटक भने आईसीसी उपाध्यक्षमा उनले आकांक्षा देखाएका हुन् । आफ्नो कार्यकालमा संघका नियमित प्रोजेक्टहरुमा सपोर्ट, सहभागिता निरन्तर नै थियो। त्यसबाहेक फिलिपिन्समा क्षेत्रीय सम्मेलन, बालीमा बिजनेश सम्मेलन, जापानमा ६०औं कुटनैतिक संबन्धको उपलक्षमा बिशेष कार्यक्रम, मलेसिया, हङकङ र म्यान्मारमा क्षेत्रीय बैठकहरु नै आफ्नो पालाका विशेष कामहरु सम्पन्न गरेको थापाले बताए ।