नयाँदिल्लीका नौ ठाउँमा आतंकवादी हमलाको चेतावनी

नयाँदिल्लीका नौ ठाउँमा आतंकवादी हमलाको चेतावनी


भारतका गुप्तचर निकायहरूले केन्द्रीय राजधानी नयाँदिल्लीमा आतंकवादी आक्रमणको चेतावनी दिएका छन् ।

महत्वपूर्ण तथा ठूला चाडपर्वहरूको पूर्वसन्ध्यामा आक्रमणको चेतावनी आएको दिल्ली प्रहरीको विशेष सेलले जनाएको छ ।

उनीहरूले राजधानी नयाँदिल्लीका नौदेखि १० ठाउँमा आक्रमणको चेतावनी दिइएको प्रहरी अधिकारीको भनाइ छ । प्रहरीले हमलाको सूचना पाएको बताए पनि अहिलेसम्म शंकास्पद कसैलाई पक्राउ गरेको छैन ।

आक्रमण गर्ने योजना बनाएकाहरूको खोजी र सुरक्षा व्यवस्था कडा पार्ने कार्य भइरहेको दिल्ली प्रहरीले जनाएको छ ।