ओलम्पियनलाई भत्ता दिन अनुरोध

ओलम्पियनलाई भत्ता दिन अनुरोध


नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ओलम्पियनहरूलाई दिँदै आएको मासिक भत्तामा छुटेका ओलम्पियनहरुलाई पनि भत्ता उपलब्ध गराइदिन अनुरोध गरेको छ ।

खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ नेतृत्वको एक टोलीले राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाललाई भेटी छुटेकालाई भत्ता उपलब्ध गराइ दिन अनुरोध गरेको हो ।

भत्ता पाउन छुटेका ओलम्पियनहरुमा एथलेटिक्सका बैकुण्ठ मानन्धर, तेक्वान्दोकी संगीना वैद्य, एथलेटिक्सका राजेन्द्र भण्डारी, तेक्वान्दोका दीपक विष्ट, भारोत्तोलनका कमलबहादुर भण्डारी र एथलेटिक्सका टीकाबहादुर बोगटी छन् ।

सदस्य–सचिव सिलवालले आफू यस विषयमा सकारात्मक रहेको बताउँदै सो सम्बन्धमा के गर्न सकिन्छ त्यसमा छलफल गर्ने बताए ।