उपयोगीको १४औँ साधारणसभा सम्पन्न

उपयोगीको १४औँ साधारणसभा सम्पन्न


उपयोगी बचत तथा ऋण सहकारी संस्थाको १४औँ साधारणसभा गत शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रामकृष्ण बस्नेतको अध्यक्षतामा बसेको साधारणसभाको प्रमुख अतिथि प्रदेश ३ का प्रदेशसभा सदस्य माधवप्रसाद पौडेलले पानसमा बत्ती बाली उद्घाटन गरेका थिए

सो अवसरमा प्रमुख अतिथि पौडेलले उपयोगी सहकारीले गरेका हालसम्मको जनपयोगी कार्यको प्रशंसा गर्दै भविष्यमा पनि यस्तै कार्यको अपेक्षा गरे ।

ललितपुरको इमाडोलमा कार्यालय रहेको संस्थामा हाल २ हजार ४ सय ४९ सेयर सदस्य रहेका छन् । सेयर पुँजी १ करोड ९९ लाख ४२ हजार रहेको संस्थाले २१ करोड पाँच लाख ७९ हजार ९३९ रुपैयाँ बचत सङ्कलन गरी २१ करोड ४१ लाख ४ हजार ४ सय ५८ रुपैयाँ ऋण लगानी गरेको सो अवसरका जानकारी गराइयो । यस वर्ष १ करोड १६ लाख २५ हजार १६३ रुपैयाँ बचत गर्न सफल संस्थाको ५ करोड २२ लाख १९ हजार २२० रुपैयाँ हाल बैंकमा मौज्दात रहेको सो अवसरमा जानकारी गराइयो ।

संस्थाका सचिव अनिता पौडेल सुवेदीले सञ्चालन गरेको कार्यक्रममा शिक्षाविद् राजकुमार महर्जन, मानव कल्याण समाजका अध्यक्ष सुमित्रा चौंलागाईं, चाँगाथली क्लबका अध्यक्ष बाबुराजा महर्जनले सभाको सफलताका लागि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

त्यस्तै, सभामा स्वागत मन्तव्य उपाध्यक्ष चन्द्रकृष्ण श्रेष्ठले, आर्थिक प्रतिवेदन र कार्ययोजना विकास महर्जनले र लेखासमिति संयोजक वसन्ती महर्जनले लेखा प्रतिवेदन प्रस्तुत गरेको सभामा पुरानै कार्यसमितिलाई निरन्तरता दिइएको थियो ।

सामाजिक उत्तरदायित्वअन्तर्गत संस्थाले मानव कल्याण समाज भक्तपुर, चाँगाथली क्लबद्वारा सञ्चालित एम्बुलेन्स र चाँगाथली फिजिकल फिटनेस क्लबलाई समान २० हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराएको थियो । कार्यक्रममा विभिन्न विधाका उत्कृष्ट सेयर सदस्यहरूलाई पनि नगदसहित सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो ।