चीनमा कारखाना आगलागी हुँदा १९ व्यक्तिको मृत्यु

चीनमा कारखाना आगलागी हुँदा १९ व्यक्तिको मृत्यु


चीनको झेजिआङ प्रान्तको निंग्बो शहरमा अवस्थित एक कारखानामा भएको आगलागीमा परी कम्तीमा १९ व्यक्ति मारिएका स्थानीय प्रहरीले सोमबार जानकारी दिएका छन् ।

दैनिक आवश्यकताको सामग्री उत्पादन हुने यस कारखानामा स्थानीय समयानुसार आइतबार मध्यराति १ः२० मा आगलागी शुरु भएको बताइएको छ ।

स्थानीय समयानुसार सोमबार बिहान ६ बजे सो आगलागीमा परी मारिने व्यक्तिको संख्या १९ पुगेको प्रहरीले जनाएको छ । यस दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।

रासस–सिन्ह्वा