पोखरामा ‘साग’लक्षित शुभकामना प्रचार ऱ्याली

पोखरामा ‘साग’लक्षित शुभकामना प्रचार ऱ्याली


नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुल (साग) को प्रचार प्रसारका संगै ‘साग’ सफलताका लागि खेलाडीहरुले असोज १२ गते आइतबार शुभकामना ऱ्याली निकालेका छन् । ऱ्यालीमा सहभागिहरुले बिन्ध्यवासिनी पुगेर सागको भव्य सफलताको कामना गरेका थिए ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समिती र कास्की जिल्ला खेलकुद बिकास समितीको संयुक्त आयोजनामा भएको उक्त ऱ्याली बाजा गाजा सहित १३ औं सागको व्यानर सहित पोखरा रंगशाला बाट निस्किएर ऱ्याली विन्ध्यवाशिनी मन्दिर पुगेर सम्पन्न भएको थियो ।

नेपालीहरुको महान पर्व बडा दशैं घटस्थापनाको दिन पारेर पोखरामा बन्द प्रशिक्षणमा रहेका ह्याण्डबल खेलाडी लगाएत अन्य खेलका खेलाडी प्रशिक्षक र पदाधिकारीहरु ऱ्यालीमा सहभागी भएका थिए ।

उक्त ऱ्याली पोखरा रंगशाला, पृथ्वीचोक, न्यूरोड, गणेशटोल, मोहरिया टोल हुँदै विन्ध्यवासिनी मन्दिर पुगेर सम्पन्न भएको थियो । उक्त ऱ्यालीको नेतृत्व राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले गरेका थिए ।