तेक्वान्दोको ओलम्पिक सोलिडारिटी कोर्ष सम्पन्न

तेक्वान्दोको ओलम्पिक सोलिडारिटी कोर्ष सम्पन्न


तेक्वान्दोको ओलम्पिक सोलिडारिटी कोर्ष सम्पन्न भएको छ । सहभागीलाई सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले प्रमाणपत्र वितरण गरेका थिए ।

कोर्षमा राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक, जिल्लाहरुमा डोजाङ सञ्चालन गदैं आएका तेक्वान्दो प्रशिक्षकले सहभागिता जनाएका थिए । कोर्षको सञ्चालन कोरियन प्रशिक्षक प्रा.डा. इन सिक हवाङले गरेका थिए । प्रशिक्षण संचालन गर्न ह्वाङलाई श्रीमान थापा र पुर्ण योञ्जनले सहयोग गरेका थिए ।