हिन्द महासागरमा डुंगासहित ५५ बेपत्ता

हिन्द महासागरमा डुंगासहित ५५ बेपत्ता


हिन्द महासागरको पूर्वी तटीय बन्दरगाहमा ५५ जना यात्रु बोकेको डुंगा बेपत्ता भएको छ । यमनका स्थानीय अधिकारीले डुंगा हराएको शनिबार पुष्टि गरेको समाचारमा जनाइएको छ ।

राज्यद्वारा सञ्चालित सवा समाचार संस्थाले संप्रेषण गरेको समाचारमा ५५ जना यात्रुसहित एउटा डुंगा बेपत्ता भएको सूचना आफूहरूले प्राप्त गरेको सरकारी अधिकारीले जनाएको उल्लेख गरेको छ ।

उनीहरूका अनुसार सोकोट्रा टापुतर्फ जाँदै गरेको बेला डुंगा बेपत्ता भएको हो । अधिकारीहरूले बेपत्ता भएका यात्रु र डुंगाको खोजी भइरहेको बताएका छन् ।
सिन्ह्वा