१५ मंसिर २०७७, सोमबार

पाँचजनालाई छुरा हान्ने प्रहरी कारबाहीमा मारिए

  प्रकाशित मिति
१२ आश्विन २०७६, आईतवार ०८:२५


अमेरिकाको मेरिल्यान्डस्थित एक सपिङ मलमा शनिबार दिउँसो पाँचजनालाई छुरा प्रहार गर्ने व्यक्ति प्रहरी कारबाहीमा मारिएका छन् । जथाभावी छुरा हान्न थालेको सूचना पाउनासाथ प्रहरीले ती व्यक्तिमाथि गोली हानेको प्रहरीले जनाएको छ ।

ककिसभिलस्थित हन्ट भ्याली टाउन सेन्टरमा सो घटना भएको अधिकारीले जनाएका छन् । बाल्टिमोर प्रहरीले जारी गरेको वक्तव्यमा छुरा प्रहार गर्नेको साथबाट छुरा बरामद गरिएको उल्लेख छ ।

छुरा प्रहार गर्ने र मृत्यु हुने व्यक्तिको पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर हरेको अधिकारीले जनाएका छन् । छुरा प्रहार गर्नेले किन छुरा प्रहार गरेको हो भन्ने अहिलेसम्म खुल्न नसकेको स्थानीय प्रहरीले जनाएको छ ।

छुरा प्रहारबाट घाइते भएका सबैलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार लगातार उकालो

‘राष्ट्रिय शक्ति नेपाल’को संयोजन एवम् आह्वानमा राजधानी काठमाडौंमा राजसंस्था र हिन्दू राज्य पुनःस्थापनाको माग गर्दै प्रदर्शन भएको छ । काठमाडौंका

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपाल र भारतबीचको संवाद पूूर्वस्थितिमै फर्केको बताएका छन् । राजधानीमा सोमबार आयोजित साक्षात्कारमा

पछिल्लो २४ घण्टामा नेपालमा थप १,४७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो